नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान) को केन्द्रिय समितिले पूर्णता पाएको छ ।

फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले संघको विधानमा व्यवस्था भए अनुसार आफ्नो अधिकार प्रयोग गरी दुई जना केन्द्रीय सदस्य मनोनित गरेसँगै केन्द्रिय समितिले पूर्णत पाएको हो । मनोनित हुनेमा प्रतिष्ठित न्यूट्रास्युटिकल व्यवसायी प्रदिप पौडेल र विजय कुमार उपाध्याय हुनुहुन्छ ।
संघको वैशाख ८ मा बीरगञ्जमा सम्पन्न केन्द्रीय महाधिवेशन २०८१ द्वारा मानन्धरको नेतृत्वमा निर्विरोध १५ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । दुई मनोनित सदस्यको घोषणा पश्चात् संघको केन्द्रीय समितिले पूर्णता पाएको फ्यानक्यानका अध्यक्ष मानन्धरले बाताउनुभयो । संघको मनोनित सदस्य सहित १७ सदस्यीय पूर्ण केन्द्रीय समिति को संरचना तयार भएको छ ।
केन्द्रीय अध्यक्षमा सुरेन्द्र मानन्धर, वरिष्ठ उपाध्यक्षमा शंभु यादव, उपाध्यक्षमा द्वय भीम विष्ट र दिपेश जंग शाह, महासचिवमा गौरव श्रेष्ठ, सचिवमा द्वय गोपाल बहादुर जीसी र गौरव वर्मा, कोषाध्यक्षमा प्रदिप कुमार महतो, सहकोषाध्यक्षमा रामदिन तेली, सदस्यमा सुवर्ण पोखरेल,वीरेन्द्र पटेल, प्रतीक शाही,भुवन जोशी, विदेश्वर पाण्डे र विनायक राज पाण्डे चयन हुनुभएको छ भने केन्द्रीय अध्यक्षद्वारा मनोनितमा द्वय प्रदिप पौडेल र विजय कुमार उपाध्याय हुनुहुन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

