नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाण्डौ जिल्लाभित्र सञ्चालित औषधि पसलहरुमा लागू र मनोद्धिपक औषधको कारोबार बढेको छ । कतिपय औषधि पसलहरुले औषधी व्यवस्था विभागले जारी गरेको सूचनाहरुको पालना गरेका छैनन् ।
औषधि व्यवस्था विभाग र लागूऔषध नियन्त्रण ब्युरोले गरेको औषधी व्यवसायीहरुको मर्यादा विपरित कार्यहरूको पर्दाफाश गर्न अहम् भूमिका निर्वाह गरेको भन्दै औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौंले एक्यबद्धता जारी गरेको छ । यस कार्यको सम्बन्धित निकायसँग हातेमालो गरी व्यावसायिक शुद्धीकरणको लागि हरपल साथ दिन तयार रहेको जिल्ला शाखा अध्यक्ष शंकर महर्जनले बताउनुभयो ।
सम्पूर्ण औषधीहरु लगायत लागू तथा मनोद्विपक औषधीहरु आधिकारिक विक्रेताबाट मात्र खरिद र बिक्री गर्न शाखाले अनुरोध छ । अनधिकृत व्यक्तिबाट खरिद नगर्न पनि संघले सुसूचित गरेको छ ं। लागू तथा मनोद्विपक औषधीहरुको सन्दर्भमा खरिद तथा बिक्री गर्दा अनिवार्य रुपमा अभिलेख राखी विक्री वितरण गर्नुपर्ने अध्यक्ष महर्जनको भनाइ छ ।
हस्पिटल फार्मेसीबाट विक्रीवितरण गर्ने भनी तोकिएको औषधी कम्युनिटी फार्मेसीमा राखी बिक्री वितरण नगरिदिन पनि शाखाले अनुरोध गरेको छ ।
औषधी व्यवस्था विभाग वा अन्य निकायबाट गरिने अनुगमन औषधि ऐन २०३५को दफा २२ र २३ मा प्रष्ट उल्लेख छ । अनुगमन टोलीको सदस्यहरुलाई मर्यादित, संयमित र आतङ्करहित वातावरणमा अनुगमन गर्न अनुरोध गरिएको छ ।
अनुगमनका क्रममा कहीं कतै हुने गरेका अमर्यादित, असान्दर्भिक र अभद्र व्यवहारको नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले घोर भत्र्सना गरेको छ । र अनुगमन गर्ने क्रममा स्वच्छ छवि भएका व्यवसायीहरुको मानमर्दन हुने र सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिने अनुगमन आजैका दिनदेखि रोक्न अवगत गराइएको शाखाका महासचिव शुभमान श्रेष्ठ बताउनुुहुन्छ ।
समाजमा नकारात्मक असर पर्ने गरी व्यावसायिक मर्यादा विपरीत सञ्चालनमा आएका औषधि पसलको नाममा मानव जीवनसँग खेलवाड गर्न थालेका छन् । ठगी धन्दा गर्ने गलत प्रवृत्ति भएका केही व्यक्तिहरूलाई निरुत्साहितका साथै असल र कुशल व्यवसायीहरुलाई प्रोत्साहन गर्न सकेमा व्यवसायी र सम्बन्धित निकाय बीच सौहार्दपूर्ण वातावरण सृजना हुने महासचिव श्रेष्ठको भनाइ छ । पब्लिक प्राइभेट पार्टनरसिको अवधारणामा अघि बढी समृद्ध नेपाल, स्वस्थ जनताको लक्ष्य पूरा गर्न सहज हुने आज जारी विज्ञप्तिमा उल्लेख छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

