नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विना इजाजत सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । यसमा इजाजत नलिएका निजी, गैरसरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सबै पर्छन् ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले परिपत्र जारी गर्दै इजाजतपत्र नलिई सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।
केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायतले मापदण्ड बमोजिम काम नगरेको गुनासो बढेपछि मन्त्रालयले सो चेतावनी दिएको हो।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने व्यवस्था छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम सम्बन्धित निकायबाट सञ्चालन अनुमति लिएर एवम् स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

