
नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लामा पहिलोपटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।
सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार बिहान उद्घाटन गरिएको थियो । नेपालमै पहिलोपटक जुम्लामा वैशाख २२ गते ‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित सम्मेलन सुरु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा मानसिक रोगसम्बन्धी करिब ५० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको कर्णाली जस्तो दुर्गम क्षेत्रमा अझै मानसिक स्वास्थ्यको आवश्यक चेतना पुग्न नसकेकोले व्यापक मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिँदै सम्मेलनले जुम्ला घोषणापत्र जारी गरेको छ ।
मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको खाँचोका साथ सम्मेलनको आयोजना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताउनुभयो ।
जुम्लामा घोषणापत्रमा नेपालमा सामुदायिक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूले समुदायमा विद्यमान सेवाहरूलाई सुदृढ गर्न र नेपालमा सबैको लागि मानसिक स्वास्थ्यको एजेन्डामा योगदान पु¥याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।
सम्मेलनका साझेदार संस्थाहरूले कर्णाली प्रदेशका सबैका लागि मानसिक स्वास्थ्य प्राप्त गर्नका लागि केएचएसको मनोचिकित्सक विभाग, प्रादेशिक अस्पताल र प्रादेशिक/स्थानीय सरकारहरूलाई काम गर्ने अवसरहरू खोज्ने जनाइएको छ ।
सम्मेलन समापनको क्रममा बोल्दै अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर श्रीधर पौडेलले कर्णाली क्षेत्रको मानसिक स्वास्थ्यमा रहेको समस्या समाधानको लागि काम गरिने बताउनुभयो ।
उहाँका अनुसार पहिलोपटक सञ्चलन गरिएको सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षपनि सम्मेलन सञ्चालन गरिनेछ । आगामी वर्षमा प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिने पौडेलको भनाइ छ । सम्मेलनले कर्णालीको मानसिक स्वास्थ्य सम्बन्धि देखिएको समस्या समाधानमा भूमिका खेल्ने उहाँको भनाई छ । सम्मेलनमा दुई सय बढीको सहभागिता रहेको थियो । दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आगामी वर्ष पनि हुने भएको छ ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
