
पिपलको पात सेवनले हृदयघातको जोखिम कम गराउने विभिन्न अध्ययनहरुले देखाएका छन् । पिपलका पात कसरी सेवन गर्ने भन्नेबारे तपाईंलाई जिज्ञासा लाग्न सक्छ । यो जिज्ञासा मेटाउने कोशिस गरेको छु । यसका लागि १५ वटा पिपलको पात लिनुहोस् । पातहरु लिदा एकदमै कलिलो, कोपिला तथा एकदमै छिप्पिएको र प्वाल परेको नलिनुहोला । हरियो, कोमल, पूर्ण रुपमा विकसित भएका र किरा नलागेको राम्रो छानेर लिनुहोस् ।
प्रत्येक पातको माथिको टुप्पो र तलपट्टिको भेट्नो कैंचीले काटेर अलग गर्नुस् । पातको बीचको भाग लिइसकेपछि सफा पानीले राम्रोसँग पखाल्नुहोस् । त्यसपछि एक गिलास पानी (२२५ मिलिलिटर) राखेर मन्द आगोमा पकाउनुहोस् । पानी सुकेर एक तिहाई (७५ मिली) मात्र बाँकी रहन्छ । तब सफा कपडाले छान्नुहोस् र सेलाउन दिनुहोस् । काढा तयार भयो ।

यसरी तयार भएको काढालाई तीन खुराक (७५/३ = २५ मिलिलिटर) मा विभाजन गर्नुहोस् । त्यसपछि एकपटकमा २५ मिलीका दरले दिनमा तीन पटक सेवन गर्नुहोस् ।
हृदयघात भएको केही दिनपछि लगातार १५ दिनसम्म यसलाई सेवन गर्नाले हृदय पुनः स्वस्थ हुनेछ । ब्लकेजहरु खुल्नेछन् । फेरि हृदयाघात हुने जोखिम निकै कम हुन्छ ।
मुटुको रोगीहरुले यो घरेलु उपचार एकपटक अवश्य गर्नुहोला ।
- पिपलको पातमा मुटुलाई तागत तथा शान्ती दिने अद्भुत क्षमता हुन्छ ।
- उक्त पिपलको काढालाई तीन खुराक बनाएर बिहान ८ बजे, ११ बजे र दिउसो २ बजे गरी प्रत्येक ३ घण्टाको फरकमा लिँदा बढी प्रभावकारी हुन्छ ।
- काढा सेवन गर्दा पेट एकदम खाली हुनु हुँदैन । तसर्थ हल्का सुपाच्य नास्ता खाएको ५–७ मिनेट पछि सेवन गर्नुपर्छ ।
- प्रयोगकालमा तेलमा तारेको पदार्थ, माछामासु तथा ज्यादा मसालादार पदार्थ निषेध छ । प्रशोधित तेलको प्रयोग भुलेर पनि नगर्नुहोला । खाना बनाउदा शुद्ध आलस वा शुद्ध गाइको घ्यू उत्तम हुन्छ । तोरीको तेल (प्रशोधन नगरेको) पनि सेवन गर्न सकिन्छ ।
- त्यस्तै अण्डा, जाँड रक्सी, धूम्रपान पनि पुर्ण निषेध छ । ज्यादा नुनिलो, चिल्लो तथा चामल पनि बन्द गर्नुहोस् । सुख्खा रोटी, तरकारी, फलफूल तथा सागसब्जीको सेवन उत्तम हुन्छ ।
- अनार, मेवा, अमला, बेथे, लसुन, मेथी, स्याउको मुरब्बा, मौसमी, रातमा भिजाएर राखेको चना, किशमिश, दहि र मोहि फाइदाजनक छ ।
आधुनिक मेडिकल साइन्सले गरेको रिसर्च पेपर हेर्न यहाँ क्लिक गर्नुहोस्
(लेखक आचार्य सुयोग आयुर्वेद फर्मा, भरतपुर–२ मा कार्यरत हुनुहुन्छ)
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
