
नेपाल हेल्थ न्युज, बैटडी । जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन्।
चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा सुरज नेपालीले बताउनुभयो।
अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले बताउनुभयो।
आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो। प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता नपाइएको उहाँले बताउनुभयो।
आफूहरुका समस्याका बिषयमा ठोस पहल र निर्णय नभए आइतबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने डा. नेपालीले बताउनुभयो। ९ जना डाक्टरसहित अन्य विभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले समेत अहिलेसम्म अतिरिक्त भत्ता र जोखिम भत्ता नआएको उहाँको भनाइ छ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

