
नेपाल हेल्थ न्युज, रुपन्देही । बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको आरोपमा एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिक यस्तो आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीले विशेष सूचना र प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका बिकले केही समययता सो स्थानमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।
पेट दुख्दा खाने औषधि डाइसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ । यी दुई औषधि मिलाएर लागूऔषध प्रयोगकर्तालाई ठूलो परिमाणमा बिक्री गरेको प्रहरी भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागूऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा पुगेर सञ्चालकलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको उहाँको भनाइ छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ ।
प्रहरीले केही लागूऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । स्थानीयका अनुसार ती सञ्चालक राती अबेरसम्म र बिहानपनि निकै छिटो मेडिकल पसल खोल्ने गरेकाले आशङ्का बढाएको थियो । औषधि व्यवसायी संघ रुपन्देहीले डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको प्रष्ट पारेको छ ।
‘छुट्टाछुट्टै बेचेमा ती पेट र नशाका औषधी नै हुन् तर मिसाएर ठूलो परिणाममा बेचेको प्रहरीले भेटाएको छ, सबै विषय अनुसन्धानपछि खुल्नेछ, हरेक व्यवसायीले आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार चल्न सक्नुपर्छ’संघका उपाध्यक्ष नारायण थापाले भन्नुभयो ।रेडियोनेपाल
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
