
नेपाल हेल्थ न्युज, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घीय निकाय डब्ल्यूएचओले विज्ञप्ति निकालेर एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको हो । सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा कतै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सुक्ष्म अध्ययनमा पनि यो भाइरस मानिसबाट मानिसमा सर्ने लक्षण नदेखिएको तर निरन्तर निगरानी भने आवश्यक रहेको बताउनुभएको छ । पक्षीहरूकाे प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बर्ड फ्लु सङ्क्रमणको जोखिममा बढी रहने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक पर्ने उहाँले बताउनुभयो । मासु तथा अण्डा राम्रोसँग पकाएर तथा दूध राम्रोसँग तताएर खाँदा सङ्क्रमणको खतरा नहुने पनि डब्ल्यूएचओले जनाएको छ ।
विशेषगरी पक्षीहरूमा हुने यो सङ्क्रमण पछिल्लो समय समुद्री स्तनपायीसँगै गाईवस्तुहरूमा पनि फैलिरहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
