
नेपाल हेल्थ न्युज, महोत्तरी । महोत्तरीस्थित जनता माध्यमिक विद्यालयबाट विसं २०५९ मा प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीले बर्दिबास हेल्पिङ ह्याण्डस् नामको संस्था स्थापना गरेर मानव शरीरको रक्त विश्लेषण गर्ने उपकरण हेमाटोलोजी एनलाइजर खरिदका निम्ति रकम सङ्कलन गरेका छन् ।
उपकरण खरिदका लागि सङ्कलन भएको रु ५९ हजार उनीहरूले नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई शनिबार हस्तान्तरण गरेका छन् । “हामीले सिबिसी मेसिन किन्न रेडक्रसलाई रु ५९ हजार हस्तान्तरण गरेका छौँ”, बर्दिबास अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले भन्नुभयो, “यो सबैलाई जागृत गराउने अभियान हो, यसैले रकम सानो भए पनि कार्यक्रम नै आयोजना गरेर हस्तान्तरण गरेका हौँ ।” बर्दिबासवासीले सिबिसी मेसिन खरिद अभियान थालिएको थाहा पाउन् भन्ने आफूहरूको उद्देश्य रहेको बताउनुभयो ।
त्यस अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापाले आफूपनि जनता माविकै पूर्व विद्यार्थी भएकाले बर्दिबास हेल्पिङ ह्याण्डस्सँग भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । “म पनि यो अभियानमा तपाईंहरुसँगै छु, सक्दो सहयोग गर्नेछु”, राज्यमन्त्री थापाले भन्नुभयो, “सबै लाग्यौँ भने सिबिसी उपकरण खरिद गर्न सक्नेछौँ ।”
मधेसका कुनै पनि जिल्ला अस्पतालमा हालसम्म उक्त उपकरण नहुँदा सङ्घीय राजधानी काठमाडौँ र विदेश जानुपर्ने बाध्यता छ । “बर्दिबास हेल्पिङ ह्याण्डस्ले नगद हस्तान्तरण गरेरै अभियान थाल्यो, हामीलाई थुप्रै सामाजिक सङ्घसंस्था र जिल्लाका स्थानीय तहले सहयोगबारे चासो देखाउनुभएको छ”, रेडक्रस सोसाइटीका सभापति रेवन्त कार्कीले भन्नुभयो, “हामी आउने दसैँ पर्वअघि नै यहाँको रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने कम्पोनेन्ट मसिनबाट काम लिन थाल्ने छौँ ।” उहाँका अनुसार यो उपकरणको हालको बजार मूल्य एक करोड १० लाख छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

