
नेपाल हेल्थ न्युज, भैरहवा । सिद्धार्थनगर नगरपालिकाले म्याद गुज्रिएको औषधि पाइएकाले सराफ फार्मेसी र अस्पताल लाई औषधि बिक्रीका लागि रोक लगाएको छ ।
सिद्धार्थनगर ८ रबि पथमा रहेको सराफ अस्पताल र फार्मेसीमा कागजपत्र नपाइएको, कर्मचारी पनि नपाइएको ल्याबमा १ जना कर्मचारी मात्र भएको, नियम र कार्यविधि विपरीत फार्मेसीले बिक्री गरेको पाइएको सिद्धार्थनगर नगरपालिकाकी उपमेयर तथा नगरपालिका अनुगमन समिति संयोजक उमा अधिकारीले बताउनुभयो ।

अनुगमनको क्रममा म्याद गुज्रिएको औषधि पाइएको, फार्मेसीमा व्यक्ति नभएको ल्याबको कर्मचारी भेटिएको र कागज पत्र समेत कुनै नभएको पाइएकाले नगरपालिकामा कागज पत्र ल्याउन भन्दै हालका लागि औषधि बिक्री गर्न रोक लगाइ बन्द गराइएको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य प्रमुख गिता पोख्रेलले जानकारी दिनुभयो । रेडियोनेपाल
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

