नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव नियुक्त हुनुभएको छ्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो।
जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
नवनियुक्त मन्त्री यादवले राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खानुभएको छ। मन्त्रीको सपथ खाए लगत्तै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।
यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त हुनुभएको छ। उहाँले पनि राष्ट्रपति समक्ष सपथ लिइसक्नुभएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
