नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव नियुक्त हुनुभएको छ्। नवनियुक्त मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो।
जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
नवनियुक्त मन्त्री यादवले राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खानुभएको छ। मन्त्रीको सपथ खाए लगत्तै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।
यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त हुनुभएको छ। उहाँले पनि राष्ट्रपति समक्ष सपथ लिइसक्नुभएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

