
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले भेरी अस्पताल नेपालगञ्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डेलाई नियुक्त गरेको छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई सरकारले प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।
हाल डा. पाण्डे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा. पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रवाह गर्दै आउनुभएका डा. पाण्डेले भेरी अस्पतालमा पहिलोपटक व्यवस्थापकीय जिम्मेवारी पाउनुभएको हो । डा. पाण्डे चिकित्सा क्षेत्रमा अब्बल मानिनुहुन्छ ।
भेरी अस्पतालको अवस्थाबारे पूर्णरुपमा जानकार डा. पाण्डेले अस्पतालको सेवा प्रवाहलाई स्तरीय बनाउने धेरैको विश्वास छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

