
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले भेरी अस्पताल नेपालगञ्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डेलाई नियुक्त गरेको छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई सरकारले प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।
हाल डा. पाण्डे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा. पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रवाह गर्दै आउनुभएका डा. पाण्डेले भेरी अस्पतालमा पहिलोपटक व्यवस्थापकीय जिम्मेवारी पाउनुभएको हो । डा. पाण्डे चिकित्सा क्षेत्रमा अब्बल मानिनुहुन्छ ।
भेरी अस्पतालको अवस्थाबारे पूर्णरुपमा जानकार डा. पाण्डेले अस्पतालको सेवा प्रवाहलाई स्तरीय बनाउने धेरैको विश्वास छ ।
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२