नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघका पदाधिकारीहरुले संयुक्त रुपमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवलाई बधाइ एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल औषधि व्यवसायी संघ केन्द्रिय कार्यालय, वागमती प्रदेश र काठमाडौं जिल्ला शाखाले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी मन्त्री यादवलाई बधाइ एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो । सो अवसरमा नेपाल औषधि व्यवसायी संघ केन्द्रिय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, केन्द्रिय महासचिव श्रीधर खनाल, केन्द्रिीय कोषाध्यक्ष सम्राट मान जोशी, बागमती प्रदेश अध्यक्ष धुब्र नारायण श्रेष्ठ, काठमाडौं जिल्ला शाखा अध्यक्ष शंकर महर्जन, महासचिव शुभमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री यादवले भन्नुभयो-'नेपाल औषधी व्यवसायी संघले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निभाई रहेको र हाम्रो पनि एक अभिन्न अङ्ग भएकाले समृद्ध राष्ट्र, स्वस्थ जनताको सपना पूरा गर्नका लागि निकट भविष्यमा यहाँहरुसँगको एक विशेष अन्तरक्रिया गरी अघि बढ्ने मेरो चाहना रहेको छ।'

मन्त्री यादव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ।उहाँ पर्सा १ बाट निर्वाचित सांसद हो । जनता समाजवादी पार्टीका सचिवसमेत रहेका यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
