’
नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व उच्चरक्तचाप दिवस २०२४ । उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ ।
विश्व उच्च रक्तचाप दिवस विश्व उच्च रक्तचाप लीग (डब्लुएचएल) द्वारा उच्च रक्तचापबारे चेतना जगाउन सुरु गरिएको थियो । डब्लुएचएलले पहिलो विश्व उच्च रक्तचाप दिवस १४ मे २००५ मा सुरु गर्यो । सन् २००६ देखि हरेक वर्ष मे १७ लाई विश्व उच्च रक्तचाप दिवसका रूपमा मनाउने निर्णय भएको थियो ।

विश्व उच्च रक्तचाप दिवस २०२४ को नारा ‘आफ्नो रक्तचाप सही रूपमा मापन गर्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस्, लामो समयसम्म बाँच्नुहोस्’ रहेको छ । विश्व उच्च रक्तचाप दिवस २०२४ को नाराले विश्वभर उच्च रक्तचापको न्यून चेतना दर विरुद्ध लड्न, विशेष गरी न्यून–मध्यम आय भएका क्षेत्रहरूमा सही रक्तचाप मापनलाई बढावा दिन र उच्च रक्तचापको बारेमा आम जनतालाई शिक्षित गर्नमा केन्द्रित छ । यो दिवस उच्च रक्तचापको पहिचान, गम्भीर जटिलताहरू, तिनीहरूको रोकथाम र व्यवस्थापनको बारेमा जानकारी दिनमा केन्द्रित छ ।
उच्च रक्तचाप अकाल मृत्युको सबैभन्दा ठूलो कारण हो । अहिलेको आधुनिक युगमा खराब जीवनशैली, असुरक्षित खानपान र शारीरिक क्रियाकलापको कमीका कारण उच्च रक्तचापको समस्या निरन्तर बढ्दै गएको छ । हाम्रो शरीरमा धमनीका पर्खालहरूमा रक्तचाप सामान्य सीमाभन्दा बढी हुँदा त्यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप १४०/९० पुगेमा उच्चरक्तचाप मानिन्छ । उच्च रक्तचाप नियन्त्रणमा समयमै ध्यान दिइएन भने यसले हृदयाघात र स्ट्रोकको जोखिम धेरै हदसम्म बढाउन सक्छ ।
त्यसैले विश्वभरका सचेत जनता मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाउन भेला हुन्छन् । यस विशेष दिनमा उत्सव, कार्यक्रम, ¥याली र प्रतियोगिताको माध्यमबाट सूचना तथा चेतना अभिवृद्धि गर्नुका साथै उच्च रक्तचापबाट बच्ने उपायबारे छलफल गरिन्छ । उच्च रक्तचाप अकाल मृत्युको प्रमुख कारण पनि हो । त्यसैले विश्व उच्च रक्तचाप दिवसको उद्देश्य उच्च रक्तचापको व्यापकता, यसका लक्षण र यसबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने महत्वबारे जनचेतना जगाउनु हो । उच्च रक्तचापको प्रारम्भिक उपचारले धेरै व्यक्तिको जीवन बचाउन सकिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

