
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभइ एक अवस्था रहेको बताउनुभएको छ ।
हात्तिवनस्थित काठमाडौँ विश्वविद्यालयमा आज भएको एक अन्तरक्रियामा उहाँले ‘डिस्लेक्सिया’को अवस्थाबारे अध्ययन पत्र प्रस्तुत गर्दै बालबालिकाले अक्षर ठम्याउन नसक्ने, बुझाइमा समस्या आउने, अक्षर उल्टो लेख्ने, कम बोल्ने, लजाउनेजस्ता लक्षण देखिने क्रियाकलापबाट अभिभावक एवं शिक्षक पीडित भएको बताउनुभयो ।
यद्यपि यी लक्षण देखिनुका कारण पत्ता लगाएर शिक्षक र अभिभावकले परामर्शमार्फत उपचार गर्न सकिने उहाँको भनाइ थियो । उहाँले आफ्नो अध्ययनमा नेपालमा १० प्रतिशत विद्यार्थी डिस्लेक्सियाबाट पीडित भएको पाइएको बताउनुभयो ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा ), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(एल्टाइ) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।
प्राध्यापक मोतिकला सुब्बा देवान, लोयाल कलेज चेन्नाई भारतका डा के एस अन्टोन्सीयाम, काठमाडौँ विश्वविद्यालयका अङ्ग्रेजी भाषा विभाग प्रमुख डा टीकाराम पौडेल, सिचुआन विश्वविद्यालय चीनका विद्यावारिधी तहका विद्यार्थी प्रशान्तकुमार विकलगायत ४० भन्दाबढी विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेल्टाका राष्ट्रिय कार्यक्रम संयोजक विकास रिमालले नेपालमा बुहस्तरीय विज्ञहरुको विचार विमर्श गरी बुझ्ने र बुझाउने सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

