नेपाल हेल्थ न्युज, पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उहाँले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै आवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ नेपाल सरकार अगाडि बढिरहेको बताउनुभयो ।
मन्त्री यादवले वीरगञ्जको नारायणी अस्पतालको बजेट बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको बताउनुभयो ।

पर्साको बहुदरामाई नगरपालिकाका नगरप्रमुख तथा पार्टीका नेता सिङ्घासन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा मधेस प्रदेशका संयोजक अशोक यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहलगायतका वक्ताले धारणा राख्नुभएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
