
जनस्वास्थ्य सरोकार, गलेश्वर (म्याग्दी) । म्यादी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो ।
सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष धु्रव थापाले जानकारी दिनुभयो ।
शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको बताउनुभयो। शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

