
नेपाल हेल्थ न्युज, काठमाडौँ । ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा अस्पतालले आजबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ भवनको शुभारम्भ गर्नुभएको हो ।
करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधा सम्पन्न र अस्पतालको रूपमा स्तरोन्नति भएको छ ।
सो अवसरमा कार्यकारी निर्देशक डा रुइतले भक्तपुरका हरेक नागरिकको पहुँचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिलपकारहरको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
