
नेपाल हेल्थ न्युज, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएपछि दुई दिनदेखि तनाव सिर्जना भएको छ । अस्पताल परिसरमा जनपथ र सशस्त्र प्रहरी परिचालित भएको छ ।
पाँचथर तुम्वेवा गाउँपालिका वडा नं. ५ की सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आइतबार बिहान मृत्यु भएपछि आफन्तले शव बुझ्न इन्कार गर्दै अस्पताल परिसरमा नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको हो ।
आइसियु कक्ष अगाडि नै मृतकका आफन्तहरू धर्ना बसेपछि अन्य बिरामीको उपचार पनि प्रभावित बनेको अस्पतालले जनाएको छ । घटना विवरणअनुसार गत वैशाख १२ गते लिभरको समस्या भएपछि उपचारका लागि सुनितलाई लाइफलाइन अस्पताल ल्याइएको थियो । वैशाख १५ गते डिस्चार्ज भएर घर लगिएकोमा फेरी विराम बल्झिएपछि जेठ १ गते पुनः सुनितालाई लाइफलाइन अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।
अस्पतालले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएकोमा उपचार सम्भव नहुने चिकित्सकहरूले बताएपछि बिरामीलाई लाइफलाइन अस्पतालमा नै फिर्ता ल्याएर बिरामीका आफन्तले भर्ना गराएका थिए । अस्पतालको लापरबाहीले यो अवस्था आएको भन्दै मृत्युको कारण अस्पताल नै भएको आरोप लगाउँदै मृतकका आफन्तहरू दुईदिन देखि अस्पताल परिसरमा विरोध जनाइरहेकाछन् ।
सोमबार साँझसम्म पनि मृतकका आफन्तले शव बुझ्न नमानेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अस्पतालका एक सञ्चालकले निष्पक्ष रूपमा छानबिन भएर दोषी ठहरिए कारबाही भोग्न र क्षतिपूर्ति दिन पनि तयार रहेको बताउनुभयो । ‘‘मृत्युको कारण र कसको कमजोरी हो भन्ने यकिन नभई अस्पताललाई मात्र दोष दिने काम भइरहेको छ,’’ उहाँले भन्नुभयो । गोरखापत्र
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
