
नेपाल हेल्थ न्युज, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेडसोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।
नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताउनुभयो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिनुभयो। रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

