
नेपाल हेल्थ न्युज, काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानले विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९सम्म) निःशुल्क उपचार लगायत जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे १२–१८), र विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९) का अवसरमा काठमाडौँ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्किजल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गर्यो ।
रेटिनोब्लाष्टोमा अर्थात् बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सही समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउनुभयो ।
उहाँको अनुसार अँध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्छ ।
यी लक्षणहरुलाई सतर्क रुपमा पहिचान गर्दै सही समयका चिकित्सकसम्म आइपुग्न प्रेरित गर्दै प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यो समस्या भएका बालबालिकाका लागि निःशुल्क ओ.पि.डी सेवा, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था गरेको थियो । यो सुविधा सचेतना सप्ताह अर्थात् वैशाख ३० देखी ज्येष्ठ ५ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै २ बर्षदेखि तिलगंगा आँखा प्रतिष्ठानमा उपचार सुरु गरिएको मायोपिया अर्थात् टाढा भएका वष्तुहरु हेर्न कठिनाइ हुने आँखाको समस्याको सचेतना सप्ताह वैशाख ३१ देखी ज्येष्ठ ६ गतेसम्म मनाइएकोमा समेत बालबालिकाहरुलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

