
नेपाल हेल्थ न्युज, गोरखा । गोरखा अस्पतालले अबदेखि आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । बिहीबारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जानकारी दिनुभयो ।
प्रदेश सरकारको स्वास्थ्य कार्यक्रममा समावेश भएअनुसार आँखा जाँच सेवा शुरु गरिएको खनालले बताउनुभयो । यस अघि गोरखा अस्पतालमा आँखाको उपचार सेवा थिएन ।
दृष्टि विशेषज्ञ आश्मा मरासिनीले आँखाका बिरामीहरूलाई सेवा दिइरहनुभएको छ । अव अस्पतालमै आँखाको नियमित ओपिडी सेवा, आँखाको विभिन्न रोगको परिक्षण, चश्माको पावर जाँच, परामर्श लगायतका सेवा लिन सकिने उहाँको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

