नेपाल हेल्थ न्युज, चितवन । अमृत चापागाईको अध्यक्षतामा नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल संघ (फ्यानक्यान) को चितवन शाखा पुनर्गठन गरिएको छ ।

शाखाको उपाध्यक्षमा डिआर शर्मा, महासचिवमा सुवर्णबहादुर हमाल, सचिवमा पवनकुमार शाह, कोषाध्यक्षमा अर्जुन आचार्य र सहकोषाध्यक्षमा रबिन्द्र विष्ट निर्वाचित हुनुभएको छ । सदस्यहरुमा सुजन कोइराला, राजु आचार्य, राजेश पोखरेल, मनोज अधिकारी, जितेन्द्रकुमार जैसवाल र प्रेम शर्मा हुनुहुन्छ ।
फ्यानक्यान केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र मानन्धर, कोषाध्यक्ष प्रदिप कुमार महतो र सदस्य वीरेन्द्र पटेलको रोहबरमा फ्यानक्यान चितवनको कार्यसमिति पुनर्गठन गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


