
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ सब भेरियन्ट केपी पुष्टि भएको छ ।
गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी वान र १७–जनामा केपी टू पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी थ्री र एक जनामा केपी फो सब भेरियन्ट देखिएको छ ।
यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी सब भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले सूचनामा केपी सब भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।
यो भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

