
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।
उच्च अदालतका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाको संयुक्त इजलासले आयोग तथा नाम सिफारिस गर्न गठित समितिलाई विपक्षी बनाई दायर रिट खारेज गरिदिएको हो । आदालतले रिट खारेज गरेसँगै निर्देशक छनोटको काम अगाडि बढाउने बाटो खुलेको छ।
आयोगमा चार जना निर्देशक रहन्छन्। निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले गत मंसिर ५ गते एक साताको अवधि तोकेर सूचना प्रकाशति गरेको थियो। उक्त सूचनापछि २० जनाले निर्देशकका लागि आवेदन दिएका थिए। ती मध्ये समितिले १२ जनालाई अल्पसूचीमा राख्दै नाम सार्वजनिक गरेको थियो।
उक्त अल्पसूचीमा असहमति जनाउँदै अदालतमा रिट परेको थियो। मंसिर २१ गते अदालतले प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो। त्यसपछि काम रोकिन पुगेको थियो। आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद रिक्त छन्।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

