
नीजि अस्पतालले नेपालको ८० प्रतिशत हिस्सा ओगटेको छ । राज्यले नीजि अस्पतालहरुलाई ध्यान नदिएमा देशको स्वास्थ्य अवस्था नाजुक बन्छ ।
अस्पतालमा कार्यरत कर्मचारी स्थायी हुनुपर्ने तर हस्पिटल स्थायी नहुने अहिलेको प्रमुख समस्या हो ।
अस्पताल नविकरण नै नगरेपछि बैंक ऋणदेखि कुनै पनि सहुलियत हुँदैन । नीजि अस्पतालले विपन्न बिरामीका लागि दश प्रतिशत बेड निःशुल्क गर्नुपर्ने विषयमा भ्रम सिर्जना गरिएको छ । कतिपयले १० प्रतिशत बेडलगायत सम्पूर्णमा निःशुल्क भन्ने भ्रम फैलाएका छन् । जुन पूरा निःशुल्क होइन ।
हाम्रो नेपालमा प्रायः नीति नियमहरु विस्तृत अध्ययन बिना नै भावना र स्वार्थ केन्द्रित बन्ने गर्दा यस्तो नीति नियमले बिभिन्न सरोकार निकायहरुलाई काम कारबाहीमा निकै कठिनाइ भइरहेको छ । जस्तो उदाहरणमा हस्पिटल नविकरणमा धेरै कठिनाइ भएको छ । गरिब असहाय छुटाउन गारो भएको छ । बेबारिसे अवस्थाका बिरामीको उपचार गर्नु अप्ठेरो भइइरहेको छ । हस्पिटलको अति सम्बेदनशिलता राज्यले बुझ्न नचाहेको नबुझेको वा बुझ्न नसकेको कारणले सरोकारवालाले बिभिन्न झन्झट बेहोर्नु परेको छ ।
अर्को कुरा कुनै व्यक्ति असहाय र गरिब भनेर वडा अध्यक्षले सिफारिस पत्र पठाउँदै गर्दा सोही बिरामीको छोरा अस्ट्रेलिया पठाउनुपर्दा ५ लाख आम्दानी देखाएर पठाउँछन् । यो कतिसम्म जायज हो ? यस्तो सिफारिसलाई कसरी मान्ने ? सरकारले यसप्रति राम्रोसँग विचार पुर्याउनुपर्छ ।
निजी अस्पतालले बिरामीलाई प्रभावकारी सेवा दिनुपर्छ । यसमा दुईमत छैन । तर अस्पताल लगानीकर्ताले पनि आफ्नो जायजेथा बेचेर लगानी गरेका हुन्छन् । सेयर होल्डर छन् । बोनस खुवाउनुपर्छ । सबै बेला नाफा मात्र हुन्छ भन्ने छैन । वास्तविक पीडित र असहाय बिरामी पहिचान गर्ने आधार पक्का भएमा अस्पताललाई सुविधा दिन सजिलो हुन्छ । यसका लागि राज्यस्तरबाट राम्रो संयन्त्र बनाइदिनुपर्छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५, नियमावली २0७७’ को दफा १३ मा प्रत्येक ५ वर्षमा अस्पताल नविकरणको व्यवस्था उल्लेख गरिएको छ । सोही अनुसार नविकरणको व्यवस्था कार्यान्वयन हुनुपर्छ । बरु हरेक वर्ष अनुगमन गर्ने व्यवस्था कायम गरियोस् । अस्पतालले मापदण्ड अनुसार अस्पताल चलाउन सकेका छैनन् भने कारबाहीको दयरामा ल्याउनुपर्छ । तर नविकरण रोक्ने काम गर्नुहुँदैन ।

पाँच वर्षमा नविकरण गर्ने कुरा सुदुरपश्चिम प्रदेशमा लागू भइसकेको छ । बागमती प्रदेशले एकले अर्कालाई देखाएर बहानाबाजी गर्ने काम गरिरहेको छ । निर्देशिका र नियमावली बाझिएको हुनाले नविकरण नगरिएको भनिएको छ । अस्पताल पाँच वर्षमा नविकरण गर्ने व्यवस्था लागू हुनुपर्छ ।
वेवारिसे अवस्थामा आएका बिरामीहरुलाई कतिपय निजी अस्पतालहरुले उपचार सेवा दिइरहेका हुन्छन् । हाम्रो ग्रीनसिटी अस्पतालमा पुलिसमार्फत आएका यस्ता बिरामीहरुको मृत्यु भएमा त्रि.बि. शिक्षण अस्पताल पठाइन्छ । यस्ता उपचारमा हाम्रो मात्र वर्षेनी ३ देखि ४ करोड रुपियाँ फ्रिज भएको हुन्छ । यसमा राज्यले सहुलियत दिनुपर्छ । हामीले उपचारलाई पहिलो प्राथमिकता दिएर काम गरेका हुन्छौं ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

