नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट बिनियोजन गरिएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिनुभएको हो ।

चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ३५ करोड बढी बजेट बिनियोजन गरिएको हो । चालु आर्थिक वर्ष ८३ अर्ब ८९ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।
बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु प्राथमिकतामा परेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

