नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर लाखौं मानिस पेटसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित छन् । त्यसैले पेट सम्बन्धी समस्याहरू प्रति सचेत हुन र पाचन प्रणाली स्वस्थ राख्न आवश्यक छ ।

यसैलाई दृष्टिगत गरी विश्व ग्यास्ट्रोइन्टेरोलोजी अर्गनाइजेसन (डव्लुजिओ) को आयोजनामा शरीरमा हुने पाचन सम्बन्धी समस्या र यसबाट बच्नका लागि जनचेतना जगाउन हरेक वर्ष मे २९ मा विश्व पाचन स्वास्थ्य दिवस मनाउने गरिएको छ । यस वर्ष अर्थात सन् २०२४ का लागि ‘तपाईंको पाचन स्वास्थ्यः यसलाई प्राथमिकता बनाउनुहोस्’ भन्ने मूल नारा बनाइएको छ ।
बदलिँदो जीवनशैली र अस्वस्थकर खानेकुराका कारण पाचन सम्बन्धी समस्याहरु बढिरहेको छ । यो दिवस मनाउनुको उद्देश्य मानिसलाई पाचन प्रणालीको महत्वबारे बताउनु हो । तर नेपालमा खासै यो दिवसले महत्व पाएको छैन ।
जनस्वास्थ्य सचेतनाका लागि डब्लुजीओले ३१ मे २००४ मा यो दिवस मनाउने निर्णय गरेको थियो र २९ मे २००५ मा पहिलो पटक विश्व पाचन स्वास्थ्य दिवस मनाइएको थियो । डब्लुजीओ सँग विश्वभरि ११७ सदस्य संस्थाहरू रहेका छन् । यी संस्थाहरुले विश्व पाचन स्वास्थ्य दिवस मनाउन महत्वपूर्ण योगदान गरिरहेका छन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
