नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर लाखौं मानिस पेटसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित छन् । त्यसैले पेट सम्बन्धी समस्याहरू प्रति सचेत हुन र पाचन प्रणाली स्वस्थ राख्न आवश्यक छ ।

यसैलाई दृष्टिगत गरी विश्व ग्यास्ट्रोइन्टेरोलोजी अर्गनाइजेसन (डव्लुजिओ) को आयोजनामा शरीरमा हुने पाचन सम्बन्धी समस्या र यसबाट बच्नका लागि जनचेतना जगाउन हरेक वर्ष मे २९ मा विश्व पाचन स्वास्थ्य दिवस मनाउने गरिएको छ । यस वर्ष अर्थात सन् २०२४ का लागि ‘तपाईंको पाचन स्वास्थ्यः यसलाई प्राथमिकता बनाउनुहोस्’ भन्ने मूल नारा बनाइएको छ ।
बदलिँदो जीवनशैली र अस्वस्थकर खानेकुराका कारण पाचन सम्बन्धी समस्याहरु बढिरहेको छ । यो दिवस मनाउनुको उद्देश्य मानिसलाई पाचन प्रणालीको महत्वबारे बताउनु हो । तर नेपालमा खासै यो दिवसले महत्व पाएको छैन ।
जनस्वास्थ्य सचेतनाका लागि डब्लुजीओले ३१ मे २००४ मा यो दिवस मनाउने निर्णय गरेको थियो र २९ मे २००५ मा पहिलो पटक विश्व पाचन स्वास्थ्य दिवस मनाइएको थियो । डब्लुजीओ सँग विश्वभरि ११७ सदस्य संस्थाहरू रहेका छन् । यी संस्थाहरुले विश्व पाचन स्वास्थ्य दिवस मनाउन महत्वपूर्ण योगदान गरिरहेका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

