
नेपाल हेल्थ, न्युज, जनकपुरधाम। धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताउनुभयो । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्यतयारी भइरहेको थियो ।
गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो । समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं – ४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिनुभएको थियो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
