
नेपाल हेल्थ न्युज, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।
महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिनुभयो ।
“हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उहाँले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उहाँले भन्नुभयो । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

