नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ ।

शल्यक्रियाका लागि बिरामीले लामो समय पालो कुर्नुपर्नेलगायतका समस्या अध्ययनका लागि मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा जेठ १८ गते तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयका संघीय अस्पताल हेर्ने डा. मदनकुमार उपाध्याय र सदस्यसचिवमा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा हुनुहुन्छ ।
अध्ययन समितिले अस्पतालहरुमा शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने, ल्याव, रेडियोलोजी, प्रेषणको अवस्था, सेवाको गुणस्तर लगायतका विषयवस्तुहरुबारे प्रतिवेदन तयार पार्नेछ । पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरुको स्थलगत अनुगमन गरी अध्ययन प्रतिवेदन तयार गर्ने र २ हप्ता भित्र पेश गर्न भनिएको छ ।
प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यायोजना तयार गरिनेछ । अल्पकानीन ३ महिना, अध्यकालीन १ वर्ष र दीर्घकालीन ५ वर्षमित्र कायोजना तयार गरी पेश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले समितिलाई निर्देशन दिनुभएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

