
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गर्नुभएको छ ।
मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग कुराकानी गर्दै अस्पतालका समस्याका बारेमा जानकारी लिनुभएको हो । उहाँले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गर्नुभएको थियो ।
मन्त्री यादवले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
त्यस्तै प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूलाई सेवा उपलब्ध गराउन अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

