
बढ्दो गर्मीका कारण डिहाइड्रेसन, बारम्बार पसिना बग्ने, घामले पोलेर छालामा असर पार्ने जस्ता समस्या बढ्छ । गर्मीमा अनुहारको छालालाई नोक्सान हुनबाट जोगाउन केही विशेष कुरामा ध्यान दिन अति आवश्यक हुन्छ ।
पहिलो मन्त्रः सूर्य सुरक्षामा सनस्क्रिन
गर्मी मौसममा सनस्क्रिनको प्रयोगले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ । यसको नियमित प्रयोग गर्नाले छालालाई स्वस्थ राख्ने मात्र नभई सूर्यको पराबैंगनी किरणको प्रभावबाट हुने क्षतिलाई रोक्न मद्धत गर्छ । त्यसैले यो बेला बाहिर निस्कन अघि सनस्क्रिनको प्रयोग गर्नुपर्छ । छालाको वनावट अनुसार दिनमा ३ देखि ४ घण्टाको फरकमा लगाउन जरुरी हुन्छ । गर्मीमा हामीले प्रयोग गर्ने क्रिम जाडोमा भन्दा फरक हुन्छ । जाडोमा छाला सुख्खा हुन्छ भने गर्मीमा चिल्लो हुन्छ । गर्मीमा च्यापच्याप हुने खालका क्रिमको छनोट गर्नुहुँदैन । त्यसैल जेल र लोसनको रुपमा भएका सनस्क्रिन गर्मीमा राम्रो मानिन्छ । चिल्लो छाला हुनेहरुले जेल र सुख्खा भएकाहरुले लोसनमा आधारित सनस्क्रिन लगाउनुपर्छ ।
दोस्रो मन्त्रः पानी र खानपान
गर्मी मौसममा घर तथा कार्यालयमा बस्दा एयर कन्डिसन (एसि) को प्रयोग गरिएको हुन्छ । हामीलाई महसुस नभएपनि एसिमा बस्दा छाला सुख्खा भइरहेको हुन्छ । त्यसैले छालालाई हाइड्रेटेड राख्न पर्याप्त पानी पिउनुपर्छ ।
खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खानेकुराहरु खानुपर्छ । साथै अम्लीय फलफूलको सेवन गन जरुरी हुन्छ । यसले तपाईंको शरीरलाई गर्मी हुन दिँदैन । यो बेला बारम्बार पसिना आउने कारण शरीरमा डिहाइड्रेसन हुने खतरा हुने भएकाले इलेक्ट्रोलाइटयुक्त पेय पदार्थको सेवन आवश्यक हुन्छ । यसले छालाको चमक कायम राख्न मद्धत गर्छ ।
तेस्रो मन्त्रः सुत्नअघि फेसवास
सुत्नुअघि मेकअप राम्ररी हटाउन नसक्दा छाला बिग्रने सम्भावना रहन्छ । छिद्रको आकार बढ्न थाल्छ र डण्डिफोरको समस्या आउन सक्छ । राति सुत्नु अघि फेसवास गर्नुपर्छ । किनभने दिनभरको धूलो धूँवा हाम्रो अनुहारको छालामा जम्मा भएर बसेको हुन्छ । त्यसलाई निकाल्न र सफा गर्न फेसवासको प्रयोग गर्नुपर्छ । फेसवास गरिसकेपछि मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।
(प्रा.डा.भट्टराई नेपाल डर्माटोलोजी ल्याप्रोलोजी र भेनेरोलोजी समाजको निवर्तमान अध्यक्ष हुनुहुन्छ । हाल उहाँ लभाना स्कीन एण्ड हेयर क्लिनिकमा कार्यरत हुनुहुन्छ ।)
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

