
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गर्नुभएको छ । उहाँहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिनुभएको छ ।
विभागका महानिर्देशक नारायण ढकालले जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको बताउनुभयो । विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री यादवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी आज नै स्वास्थ्यमन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयसँग छलफल गर्नुभयो । अवलोकनका क्रममा मन्त्री यादवले विस्तारित अस्पतालको स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिनुभयो । त्यस्तै त्यहाँ हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा पनि अन्य आवश्यक सुविधा थप्दै सेवाको गुणस्तरलाई बढाउँदै निर्देशनसमेत दिनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

