नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले औषधि र खाद्यपुरकको विषयमा चिकित्सकलाई हतोत्साही नगर्न आग्रह गरेको छ । औषधि व्यवस्था विभागको सूचनाको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरुबाट चिकित्सकहरुलाई विभिन्न किसिमका औषधि एवं अन्य खाद्यपूरक सामाग्रीहरु सिफारिस नगर्न र गरेमा कानुनी कारवाही हुने भनी धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा संघले आपत्ति जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ—रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार छ । के कस्ता औषधि सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको भएको कुरा स्मरण गराउन चाहन्छौं ।’
यस्तो सूचना जारी गरी चिकित्सकीय सेवामा अनावश्यक दखल पुर्याई चिकित्सकहरुलाई हतोत्साही नगराउन नेपाल चिकित्सक संघले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
