नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले औषधि र खाद्यपुरकको विषयमा चिकित्सकलाई हतोत्साही नगर्न आग्रह गरेको छ । औषधि व्यवस्था विभागको सूचनाको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरुबाट चिकित्सकहरुलाई विभिन्न किसिमका औषधि एवं अन्य खाद्यपूरक सामाग्रीहरु सिफारिस नगर्न र गरेमा कानुनी कारवाही हुने भनी धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा संघले आपत्ति जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ—रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार छ । के कस्ता औषधि सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको भएको कुरा स्मरण गराउन चाहन्छौं ।’
यस्तो सूचना जारी गरी चिकित्सकीय सेवामा अनावश्यक दखल पुर्याई चिकित्सकहरुलाई हतोत्साही नगराउन नेपाल चिकित्सक संघले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


