नेपाल हेल्थ न्युज काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य पुरक एवं न्युट्रास्युटिकलको गुणस्तर नियमन गर्ने बताउनुभएको छ ।

मंगलबार विभागले सरोकारवालाहरुसँग आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । डा. वैद्यले भन्नुभयो— ‘सबैले उपभोक्ताको हितलाई ध्यानमा राख्नैपर्छ ।’

नेपाल खाद्य तथा न्युट्रास्युटिकल कस्मास्युटिकल समाज (फ्यानक्यान) का अध्यक्ष सुरेन्द्र मानन्धरले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले न्युट्रास्युटिकल तथा फुड सप्लिमेन्टलाई वैद्यता प्रदान गरेकोमा विभाग एवं कृषि तथा पशुपन्छी मन्त्रालयलाई धन्यवाद दिनुभयो । उहाँले न्युट्रास्युटिकल फुड सप्लिमेन्ट व्यवसायलाई सहजीकरण प्रदान गर्न अब तयार हुने नियमावलीमा यसको बेचबिखन सर्वत्र हुने गरी व्यवस्था गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा नेपाल न्युट्रास्युटिकल एण्ड कस्मास्युटिकल एसोसिएसन (एनएनसिए) का अध्यक्ष विप्लव रञ्जितले गैर कानुनी रुपमा विना दर्ता सामान ल्याएर बेच्नेहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने एवं व्यवसायलाई सुरक्षित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
साथै उपस्थित सरोकारवालाहरुले खाद्यपुरक एवं न्युट्रास्युटिकलको गुणस्तर र मुल्यमा एकरुपता गर्नुपर्ने कुरामा विभागले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



