
नेपाल हेल्थ न्युज, चितवन। जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय १३ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।
यसैगरी माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
खोपअभियानमा चार सय १२ स्वास्थ्यकर्मी र सात सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो । विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
