
हरेक दिनको सुरुवात् एक गिलास पानी पिएर गर्नुहोस् । जसरी बिहान जुरुक्क उठेर गुनगुनाएको गाना दिनभरी मुखमा झुन्डिरहन्छ । त्यसरी नै दिनको सुरुवात् एक गिलास पानीबाट गर्नुभयो भने त्यो दिन तपाईले शरीरलाई आवश्यक पर्ने पर्याप्त पानी पिउनुहुन्छ । खाडी मुलुकमा गएका स्वस्थ युवाहरु पानी पिउन नपाएर वा पानी नपिउँदा शरीरमा पानीको मात्रा कम भई मिर्गौला बिगारेर स्वदेश फर्किरहेका छन् ।
हरेक व्यक्तिले आफ्नो मिर्गौला स्वस्थ राख्नुपर्छ । प्रशस्त पानी पिउनुुपर्छ । स्वस्थ खाना खानुपर्छ । हरेक दिन दश हजार पाइला हिँड्नुपर्छ । समयमा सुत्नुपर्छ । हरेक वर्ष एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ ।
दुवै मिर्गौला स्वस्थ छन् भने आवश्यक परेका आफन्तलाई एउटा मिर्गौला दान गर्नुपर्छ । सडक दुर्घटना भएर कसैको मस्तिष्क मृत्यु भएमा अंगदान गर्नुपर्छ । यसले जीवन मरणको दोसाँधमा संघर्ष गरिरहेका बिरामीले नयाँ जीवन पाउन सक्छन् । मिर्गौलाबारे देशव्यापी सचेतना अभिवृद्धि गर्न ‘मिर्गौला बचाऊ’ अभियान सुरु गरेका छौं ।
मिर्गौला प्रत्यारोपण, डायलाइसिस र प्रत्यारोपणपश्चात् दिइने औषधि खर्चमा हरेक वर्ष राज्यको कुल दुई अर्ब रुपियाँ खर्च भइरहेको छ । तर सरकारले मिर्गौला रोग सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रमका लागि दुई करोड रुपियाँ पनि छुट्याएको छैन ।
मिर्गौला जोगाउन हरेक जिल्लाका गाउँ गाउँ पुगेर पिसाव जाँच र मिर्गौलाको महत्वबारे सचेतना फैलाउन आवश्यक छ । यसमा सरकारको सक्रियता र अठोटको अभाव देखिएको छ । अहिले गाउँघरमा भएका स्वास्थ्य चौकी र जिल्ला अस्पतालहरु केवल उपचारमा केन्द्रित छन् । त्यसैले सरकार, गैरसरकारी संस्था र निजी क्षेत्रहरु हातेमालो गरेर अघि बढ्नुपर्छ ।

नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार, हरेक देशका १० प्रतिशत जनसंख्यामा मिर्गौलाको समस्या हुने गरेको तथ्यलाई आधार मान्ने हो भने नेपालमा करिब ३० लाख व्यक्ति मिर्गौलाको कुनै न कुनै समस्याबाट पीडित छन् । ती मध्ये १० प्रतिशत अर्थात ३ लाख व्यक्तिको मिर्गौला बिग्रन लागेको छ ।
यसमध्ये नेपालमा १० प्रतिशत अर्थात ३० हजारको हरेक वर्ष मिर्गौैला फेल हुने गर्छ । उपचारको दायरामा ल्याउन सकेमा ९० प्रतिशतलाई मिर्गौला फेल हुनबाट जोगाउन मद्धत पुग्ने देखिन्छ ।
अहिले डायलाइसिस आवश्यक नपरेको समुहलाई उपचार गरेमा मिर्गौला बिग्रने क्रमलाई स्लो–डाउन गर्न सकिन्छ । बेलैमा स्वास्थ्य परीक्षण र उपचार गर्न सकेमा ९० प्रतिशतसम्म निको बनाउन सकिन्छ । मिर्गौला फेल भएपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । साथै स्वस्थ र अनुशासित जीवनशैली अपनाउनुपर्छ । अन्यथा प्रत्यारोपण गरेको मिर्गौला पुनः बिग्रन सक्छ । त्यसैले नियमित चिकित्सकको निगरानीमा बस्नुपर्छ ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
