
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एक महिनाभित्र औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने गरी नियमावली बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा गृहमन्त्री लामिछानेले नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा गाँजाको झोला प्रयोग गरिएको बताउँदै अप्रत्यक्ष रुपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने बताउनुभयो ।
बैठकमा पूर्व मन्त्री एवं एमाले नेता शेरबहादुर तामाङले तत्काल गाँजा उत्पादनका लागि कानुनी व्यवधान हटाउन सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरुले बाँझो जमिनमा गाँजा खेती गर्न किसानलाई अनुमति दिन हो भने युवाहरूको विदेश पलाएन रोकिने भन्दै तत्काल गाँजा खेती गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
बैठकमा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर प्रदीप केसीले सयौँ आयुर्वेदिक औषधि उत्पादनमा गाँजाको प्रयोग हुँदै आएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्नाकाजी महर्जनले लागुऔषधका रुपमा नभई औषधि र औद्योगिक प्रयोजनका लागि गाँजाको ठूलो सम्भावना रहेको बताउनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

