
नेपाल हेल्थ न्युज, काठमाडौँ । वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिवार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले लिएको लिखित परीक्षामा करार सेवाका लागि १ सय नर्स छनोट भएका हुन्।
वीर अस्पतालमा करार सेवाका लागि जेठ २६ गते लिएको लिखित परीक्षामा चितवनकी निमा ढकाल उत्कृष्ट हुनुभएको छ । उहाँसहित सय जना वीर अस्पतालमा स्वास्थ्य सेवा गर्न योग्य भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिबमोजिमको पुल दरबन्दीअन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भइ आए वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने गरी ती १ सय जना नर्सलाई करार सेवामा नियुक्तिका लागि सिफारिश गरिएको हो। २० जना नर्सको नाम वैकल्पिक सूचीमा परेको छ।
पछिल्लो समय नर्सिङ स्टाफ कम भएर वीर अस्पतालका विभिन्न विभागका सेवा रोकिँदै आएका छन्।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

