
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीर, टिचिङ, प्रसूति गृह लगायतका सरकारी अस्पतालमा २४ सै घण्टा शल्यक्रिया सेवा सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री यादवले सर्वसाधारणलाई शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता हटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।
विशेषज्ञ डाक्टरहरू दुर्गम क्षेत्रमा पठाउन लाग्दा राजनीतिक दलका नेताको पावर आउने गरेकाले समस्या परेको बताउँदै मन्त्री यादवले दुर्गममा सरुवा भएका चिकित्सकहरू हाजिर हुन नगए कारबाही गरिने बताउनुभयो ।
बैठकमा सांसदहरुले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नुपर्ने, औषधि र स्वास्थ्य उपचार उपकरणहरुको गुणस्तर चेकजाँच गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
