
नेपाल हेल्थ न्युज, पर्सा । पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो ।
पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आइपिभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । “जिल्लाको १४ वटै पालिकामा आइपिभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उहाँले भन्नुभयो “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।”
विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आइपिभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले पर्सा जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष्यसहित अभियान सुरुआत गरेको थियो ।
प्रमुख डा साहले खोप अभियानमा लक्ष्यभन्दा पनि केही प्रतिशत बढी बालबालिकामा खोप लगाइएको दाबी गर्नुभयो । “वीरगञ्जमा अन्य क्षेत्रबाट बालबालिका आउने क्रम धेरै हुने भएकाले पनि लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाउन पाएका छन्”, उहाँले भन्नुभयो, “खोप अभियानका क्रममा कुनै पनि प्रकारको अवाञ्छित घटना भएन । सबै निकायको समन्वय र सहकार्यमा खोप अभियानलाई सफलतापूर्वक अघि बढाउन सक्यौँ ।”
पर्सामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म वीरगञ्ज महानगरको १ देखि १६ सम्मको वडामा खोप अभियान सञ्चालन गरिएको थियो । त्यस्तै सोही अभियानमा बहुदरमाई नगरपालिका सहित विन्ध्वासिनी , पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोबिनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।
त्यस्तै दोस्रो चरणमा भने जेठ २३ देखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सोही अभियानमा पोखरिया र पर्सागढी नगरपालिका सहित जिराभवानी , जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाका बालबालिकाममा खोप लगाइएको थियो । सोही अभियानमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ नम्बर वडा क्षेत्रमा खोप लगाइएको थियो । यस्तै, जेठ २७ गते छुटफुट भएका बालबालिकालाई खोप लगाइएको थियो । पोलियो रोगविरुद्धको खोप दुई प्रकारका रहेका हुन्छन् । मुखबाट खुवाइने पोलियो खोप ९ओपिभी० सुईबाट दिइने पोलियो खोप (आइपिभी) भन्ने गरिन्छ । रासस
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
