नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागलाई नदी सरसफाइका लागि आवश्यक पर्ने ग्लोव्स र औषधि हस्तान्तरण गरेको छ ।

एनसिडिए काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठले कामनपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन र वातावरण बिभागका उपनिर्देशक सानु मैया महर्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
काठमाडौ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत नदी सरसफाई परियोजनाको सरसफाईमा खटिने कर्मचारीहरुको मनोबल उच्च बनाउदै उहाँहरुले गरेको प्रसंशा योग्य कामको कदर स्वरुप ग्लोव्स र औषधि हस्तान्तरण गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

