
नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो समय डेंगी संक्रमण बढ्न थालेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसरा ७१ वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।
महाशाखाको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार केही दिनअघि मात्र ६९ वटा जिल्लामा सीमित डेंगी फैलिने क्रम बढेको छ । वर्षा शुरु भएसंगै यसको संक्रमण पनि बढ्ने भन्दै सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । नेपालमा २०२२ को यही अवधिमा डेंगी संक्रमण उच्च बनेको थियो ।
गत वर्ष पनि केही स्थानमा डेंगी उच्च बनेकाले सबैले लामखुट्टेको टोकाईबाट जोगिनुपर्ने उहाँको भनाई थियो । जनवरीदेखि हालसम्म एक हजार १ सय ३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । छिटफुट मात्र संक्रमण भेटिएकाले अहिले नै डराउनु पर्ने अवस्था नरहेको पनि डा दाहालको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

