नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ मा एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम र मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनेभएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको शनिबारको बैठकमा आर्थिक वर्ष २०८१ ८२ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै प्रदेश जनसङ्ख्या नीति बनाउने बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको पूर्वाधारलगायतका कार्यक्रमहरु कार्यान्वयन गर्न आगामी आबका लागि चार अर्ब आठ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो।
यस्तै शिक्षा र सामाजिक विकासको क्षेत्रका लागि तीन अर्ब ९१ करोड, वन तथा वातावरणतर्फ तीन अर्ब ३१ करोड र श्रम रोजगार तथा यातायाततर्फ ९३ करोड रुपियाँ विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको कृषिसम्बन्धी कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न दुई अर्ब ६२ करोड, पर्यटन तथा सहकारी क्षेत्रका लागि आगामी आवका लागि दुई अर्ब ४६ करोड करोड, उद्योग, भूमि तथा प्रशासनका लागि ७२ करोड, वन तथा वातावरणतर्फ तीन अर्ब ३१ करोड, श्रम रोजगार तथा यातायाततर्फ ९३ करोड, शिक्षा र सामाजिक विकासको क्षेत्रका लागि तीन अर्ब ९१ करोड र युवा तथा खेलकुद क्षेत्रका लागि ७४ करोड रुपियाँ विनियोजन गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

