
नेपाल हेल्थ न्युज, जलेश्वर । जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् ।
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।
शनिबार महोत्तरी–३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्र्षौंको माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताउनुभयो ।
यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उनले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यन्त्र जाने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो।
अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु रु पाँच हजार एक सयका दरले उपहार दिने घोषणा गर्नुभयो
उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भजाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
