
नेपाल हेल्थ न्युज, सल्यान । अत्यधिक गर्मी बढेपछि सल्यानका स्थानीय तहहरुले विद्यालय बन्द गर्न थालेका छन् । दिनप्रतिदिन तापक्रम बढिरहेपछि बागचौर नगरपालिका, शारदा नगरपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका हुन् । बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाहरूको भनाई छ ।
शारदा नगरपालिकाले थप तीन दिन बिदा थपको छ । यसअघि जेठ ३२ गतेदेखि असार २ गतेसम्म बिदा दिएको थियो । गर्मी बढी रहेकाले थप तीन दिन अर्थात् ४ गतेदेखि ७ गतेसम्म बिदा दिने निर्णय भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । यस्तै कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि असार ४ देखि ८ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।
गर्मीले विद्यार्थी बेहोस हुने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको भनाई छ । विद्यार्थी बिरामी हुन थालेपछि डाक्टरसहितको टोली केही विद्यालयमा पुगी उपचार गरेको थियो । गर्मीकै कारण विद्यार्थीहरूमा विभिन्न किसिमको समस्या देखिएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ ।

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२