
नेपाल हेल्थ न्युज, सल्यान । अत्यधिक गर्मी बढेपछि सल्यानका स्थानीय तहहरुले विद्यालय बन्द गर्न थालेका छन् । दिनप्रतिदिन तापक्रम बढिरहेपछि बागचौर नगरपालिका, शारदा नगरपालिका, कुमाख गाउँपालिका र त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका हुन् । बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको स्थानीय पालिकाहरूको भनाई छ ।
शारदा नगरपालिकाले थप तीन दिन बिदा थपको छ । यसअघि जेठ ३२ गतेदेखि असार २ गतेसम्म बिदा दिएको थियो । गर्मी बढी रहेकाले थप तीन दिन अर्थात् ४ गतेदेखि ७ गतेसम्म बिदा दिने निर्णय भएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । यस्तै कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि असार ४ देखि ८ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।
गर्मीले विद्यार्थी बेहोस हुने, टाउको दुख्ने जस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीको भनाई छ । विद्यार्थी बिरामी हुन थालेपछि डाक्टरसहितको टोली केही विद्यालयमा पुगी उपचार गरेको थियो । गर्मीकै कारण विद्यार्थीहरूमा विभिन्न किसिमको समस्या देखिएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

