
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तनाव व्यवस्थापन र निर्णय क्षमता अभिवृद्धि गर्न दैनिक योगाभ्यास गर्न आग्रह गर्नुभएको छ ।
दसौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय (नक्साल) मा आयोजित योग विज्ञान शिविरमा मन्त्री लामिछानेले योगबाट शरीरका विकार निकाल्न सकिएजस्तै प्रहरीले देशका विकार निकाल्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले योगको बेलामा झैँ आफ्नो जिम्मेवारीमा ध्यानमग्न भए प्रहरीबाट कहिल्यै गैर–व्यावसायिक क्रियाकलाप नहुने विश्वास व्यक्त गर्नुभयो।
शान्ति–सुरक्षा कायम, सुशासन अभिवृद्धि र सेवा प्रवाहमा सुधार ल्याउन प्रहरीले भूमिका बढाउनुपर्ने र त्यसका लागि योगमार्फत तनाव व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

