नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि आफू लागिरहेको बताउनुभएको छ ।

विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयको शीर्षकमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले जनशक्ति थप्नेदेखि अस्पतालहरूको सेवा सुधार, सेवा प्रक्रियालाई डिजिटलाइज गरेर सरल बनाउने लगायतका कार्यमा आफ्नो टिमले काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-समग्र सुधार गर्न आवश्यक छ। धेरै क्रान्तिकारी कुरा गरेर समस्याको समाधान हुँदैन। अहिले भएको संरचना र अस्पताल कसरी सुधार गर्ने भन्नेमा केन्द्रित छु। त्यो सुधार गर्यो भने नागरिकको सास्ती, समस्या समाधान हुन्छ। त्यो समस्या समाधान र भएको संरचना सुधारका लागि स्वास्थ्य मन्त्रालय कटिबद्ध छ। त्यसको लागि हाम्रो टिम इमानदारीपूर्वक खटिइरहेको छ ।
मन्त्री यादवले अस्पतालहरू तथा फार्मेसीमा प्रक्रियागत झन्झटले बिरामी लाइन बस्नुपर्ने अवस्था रहेको र यसले चरम निराशा पैदा गरेको भन्दै स्वास्थ्य क्षेत्रको आमूल सुधारका लागि संसद्को सहयोग पनि आवश्यक रहेको बताउनुभयो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
