
नेपाल हेल्थ न्युज, काठमाडौँ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा पुनः डा. युवानिधि बसौला नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै बाल रोग विशेषज्ञ डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिनुभएको हो ।
डा. बसौला तीना साता पछि पुन सरुवा रोग अस्पतालको निर्देशकमा फर्किनुभएको हो । मन्त्री यादवले गत जेठ ११ गते डा. बसौलालाई कान्ति अस्पतालमा सरुवा गर्नुभएको थियो । तर उक्त निर्णयको तीन सातापछि बुधबार डा. बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

